mission jorpati

Mission

“सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर ।” मर्कूस १६ः१५ येशू ख्रीष्ट आफैले संसारमा हुँदा आफ्ना चेलाहरुलाई यो आज्ञा दिनुभयो । “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता, र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ ।” मक्ति २८ः १९


नेइम जोरपाटी मण्डली येशू ख्रीष्टले दिनुभएको आज्ञाहरुलाई विश्वास गर्ने र पालन गर्ने मण्डली भएको हुनाले विभिन्न वस्ती (चाहे गाउँ वा शहर) उहाँको इच्छानुसार मानिसहरुलाई परमेश्वर येशू चिनाउनु र उहाँले सिकाउनुभएको सबै कुरा गर्न सिकाउनु हो । “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् । किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो । जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।” नेपाल भूमिमा भएका सबै जातिलाई उहाँको सन्देश घरघरमा पुर्याउन “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो ।”

नेइम जोरपाटी मण्डली ख्रीष्ट येशूले दिनु हुने उद्धार र मुक्तिको सन्देशमा विश्वास गर्दछ र आफूले पाएको मुक्तिको निश्चयतामा सारा संसारको अघि साक्षी भई प्रचार गर्दछ ।

Shopping Cart