NIM Jorpati Church

मेरो मण्डली कस्तो मण्डली ?

– पा. प्रेम श्रेष्ठ

सबै मण्डली परिवार देश बिदेशमा बस्नुहुने नेइम जोरपाटी मण्डलीका सबै घर घरानालाई ख्रीष्ट येशूको नाउँमा शालोम । हामीलाई परमेश्वरले एउटा विशेष उद्देश्य राखेर यो मण्डलीमा ल्याउनु राख्नुभएको छ । हाम्रो मुख्य काम उहाँको मन्दिर, मण्डलीलाई सुसज्जित र स्वस्थ्य मण्डली निर्माण गर्नु हो । १ इतिहास २८ः२०–२१ दाऊदले आफ्ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर । नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ । परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ । परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल–दलहरू तयार छन् । तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ । अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन् ।” येशू प्रभुले पत्रुसलाई भन्नुभयो, म यस चट्टानमाथि मेरो मण्डली स्थापना गर्नेछु, मत्ती १६ः१८ ’म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ । म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन् ।’ पावल भन्छन् एफिसी ५ः२७ ’र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस् ।’  त्यो मण्डली येशूले चाहा गर्नुभएको छ जुन मण्डलीको निम्ति पास्टर, एल्डर, डिकन डिकनेस्, घ.सं. अगुवा, महिला, पुरुष, जवान अगुवाहरू र बाल संगतिका शिक्षक शिक्षिकाहरू अहोरात्र परिश्रम गरिरहनुभएको छ । साथै हाम्रो मण्डलीमा पाँचौ हप्ताका अगुवाहरू, पूर्णकालिन सेवक–सेविकाहरू आफ्नो सारा बल लगाएर सेवाको काममा अहोरात्र खटिरहनुभएको छ । परमेश्वरले हामीलाई उहाँको महिमा र प्रशंसाको निम्ति नियुक्त गर्नु भएको हो । एफिसी १ः१२ ’हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नुभएको छ ।’ साथै सबै मण्डली परिवारलाई एकत्रित बनाएर एउटै दर्शन, एउटै लक्ष्य र एउटै उद्देश्यका साथ समेटेर लान आजको अगुवाहरूको एउटा कठिन चुनौती छ र यसै शिलशिलामा मेरो मनमा घरिघरि एउटै प्रश्न उठिरहन्छ  र त्यो प्रश्न चाँहि “मेरो मण्डली कस्तो मण्डली ?”

१. मेरो मण्डली सु–समाचार प्रचार गर्ने मण्डली

प्रेरित ४ः१२, रोमी १ः१६, मत्ती २८ः१९,२०  हामी सबैले आपूmले पाएको मुक्ति, शान्ति, चंगाईको साक्षी दिएर सबैजनाले सु–समाचार प्रचार गर्ने र नुन र ज्योती बनेर ख्रीष्टको ज्योती फैलाउने काम गर्दै दुष्टताले भरिएको मानिसहरूलाई र बाटो बिराएकाहरूलाई येशूमा फर्काउने काम गरेर आ–आफूले पाएको आशिष बाँडेर येशूको चेलाको नमुना बन्नु पर्दछ ।

२. दुष्टताको राज्य र शक्ति भत्काउने मण्डली

मत्ती १६ः१३–१९, १ यूहन्ना ३ः७,८ येशू ख्रीष्ट यस संसारमा आउनुको मुख्य उद्देश्य भनेको परमेश्वर र मानिस बीचको बिग्रेको सम्बन्ध निर्माण गर्नु, दुष्टको राज्य र शक्तिलाई नष्ट गर्नु परमेश्वरको निम्ति निरन्तर उहाँको राज्य बिस्तार उहाँको प्रेम मानिसहरूमा पुर्याउनु हो र अब हामीले पनि उहाँले देखाउनुभएको बाटो येशूले गर्नुभएको काम हामी मार्पmत गर्नु हो । यूहन्ना १४ः१२ “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु ।” यो काम उहाँले दिनुभएको अधिकार र अभिषेकमा गरिनुपर्छ र हामी दुष्टमाथि विजय प्राप्त गर्न सक्छौं । आमेन

३. प्रार्थनाका योद्धाहरूले भरिएको मण्डली 

मत्ती १७ः२०, २१, मर्कूस १ः३५, एफिसी ६ः१८   प्रभु येशूले हामीलाई प्रार्थना गर्न सिकाउनु भयो । उहाँ आफै पनि हरेक बिहान एकान्तमा गएर प्रार्थना गर्नुहुन्थ्यो । स्व. बडा गुरुबाले भन्ने गर्नुहुन्थ्यो “धेरै प्रार्थना धेरै आशिष, थोरै प्रार्थना थोरै आशिष, छैन प्रार्थना छैन आशिष” आज हाम्रो छनौट के हो ? मण्डलीमा भइराखेको प्रार्थना सभाहरूमा सबै अगुवाज्यूहरू, मण्डली परिवार आफ्नो–आफ्नो क्षेत्रअनुसार प्रार्थनामा सहभागी हुनुपर्छ र सबैजना प्रार्थनामा सहभागी हुँदै मण्डलीमा आशिषको ढोका खोल्नुपर्छ । प्रेरित पावल कलस्सी ४ः२–५ मा निरन्तर प्रार्थना गर्न र समयको सदुपयोग गर्नुपर्दछ भनि सिकाउँदछन् र आफै पनि झ्यालखानमा बसेर मण्डलीको निम्ति देशको निम्ति जाती–जातीहरूको निम्ति र समुदायहरूको निम्ति विशेष प्रार्थना गर्दछन् । हामीले पनि यस कार्यलाई निरन्तरता दिनुपर्दछ । आमेन

४. मन खोलेर मण्डलीलाई दिनेहरूको जमात भएको मण्डली 

प्रेरित २०ः३५ …प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो ।”  भन्ने हामीलाई ख्रीष्टको राजकिय आज्ञा छ । हाम्रो मण्डली आधारभुतरुपमा स्वपालित मण्डली हो । अब कहिले कसो कतैबाट सहायता आउने कुरा बेग्लै प्रसंग हो । तर हाम्रो मण्डली दिन सक्ने ठूलो हृदय भएको मण्डली हो । बिगत दिनहरूमा धेरै असम्भव कुराहरू योजनाहरूलाई पनि गाह्रो नमानी सम्पन्न गरेका छौं । मण्डलीलाई भ्रममा पार्ने केही यूटुबे प्रचारकले नयाँ नियममा दशांश दिने शिक्षा छैन भनेर केहि मुठिभर मानिसहरू मण्डलीलाई भ्रमाउने कार्य भएको छ र आज म तपाईंहरूलाई यो दशांश दिने कार्य व्यवस्था भन्दा अघि उत्पत्ती १४ः१७–२०, हिब्रू ७ः१–३ मा दशांश दिने काम भएको छ । व्यवस्थाको समयमा मलाकी ३ः८–१२ मा स्पष्टसँग दशांश, भेटी दिने राजकिय आज्ञा छ, र जाँचेर हेर भन्ने सम्मको आज्ञा छ । त्यसैगरी धेरैको चासोको विषय व्यवस्था पछि वा नयाँ नियमका बारेमा मत्ती २३ः२३ “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ । तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो । यो पदअनुसार स–साना कुराको दशांश दिने तर मुख्य–मुख्य कुराको दशांश बारेमा कुरा नगरेको भनेर शास्त्री र फरिसीहरूलाई पाखण्डी भनि सम्बोधन गर्नुभयो । यसकारण हामीहरू भ्रममा नपरौं दशांश, भेटी, विशेष भेटीहरू सर्वाेच्च परमेश्वरको आशिषमा प्रवेश गर्ने र गराउने माध्यम हो । र जसले मन खोलेर दिन्छ तिनीहरूको आवश्यक्ता हाम्रो जिउँदो परमेश्वरले उहाँको प्रचुरताबाट दिनुहुन्छ, भर्नुहुन्छ, पूरा गर्नुहुन्छ र नदिनेहरू हेरेको हेरेय रहन्छ, निर्णय हाम्रो हातमा छ । १ तिमोथी ४ः११–१४ र हितोपदेश ११ः१४ अनुसार हामीले एउटा नमूनाको जीवन हुनुपर्छ र आउँदो पुस्तालाई सिकाउने काम गर्नुपर्छ । मण्डलीमा दिनदुखी गरिबहरू, मण्डलीको प्रशासनिक खर्च तलब, भत्ता र अन्य खर्च मिलाउनु पर्ने हुन्छ र सबभन्दा मुख्य मिशन र मण्डली स्थापनाको कार्यमा, तालिमहरू सेमीनारहरू तथा अन्य सभाहरूमा धेरै खर्च लाग्छ र यो हाम्रो आन्तरिक श्रोतबाट परिचालन गर्नपर्छ । त्यसकारण हाम्रो मण्डली सबैजना १००% दशांश दिने भेटी दिने, विशेष भेटी दिने मण्डली हुनुपर्छ । हामी सबै आफू पनि आफ्नो कमाईबाट आफ्नो खेतीपातीबाट, पशुपालनबाट अर्थात जुनसुकै आम्दानीको श्रोतबाट प्रभुको आज्ञाअनुसार दिने र दिलाउने कार्यमा सहभागी होऔं । तपाईंहरूले दिनुभएको एक एक पैसाको हरहिसाब प्रभुको डरमा रहेर पालन गर्नेछौं र कुनैपनि श्रोतको दुरुपयोग हुन दिइनेछैन । यसमा हामी व्यबहारिक जीवन जिउन सकौं । आमेन

५. सेवाको हृदय भएको व्यक्तिहरूले भरिएको मण्डली 

मत्ती २०ः२५–२८, मर्कूस १०ः४५, यूहन्ना १२ः१४,१५, प्रस्थान ३२ः११–१४, ३०–३५ आजको परिस्थितीमा मण्डलीमा सेवा गर्नलाई सबै पूर्णकालिन सेवकसेविका नै चाहिन्छ भन्ने अलिक गलत अभ्यासहरू भईराखेका छन् । प्रभु सेवा पाउन होइन तर सेवा गर्न आउनु भयो र प्रशस्तमात्रामा स्वयंसेवकहरू चाहिन्छ । मण्डली कुनै स्वार्थ प्राप्त गर्न र अधिकार जमाउने कुरामा मेरो विश्वास छैन । तर सेवा गर्ने, निस्वार्थ भावका साथ सेवा गर्ने व्यक्तिहरू हुनुपर्छ भन्ने मेरो विश्वास छ । येशूले हामीलाई एउटा नमूना छोडेर जानुभएको छ । हामी कुरा गरेर, तमासा हेरेर, टिकाटिप्पणी गरेर समय खेर नफालौं । मण्डली परिवार सबै आ–आफ्नो विश्वासअनुसार पाएको वरदान प्रयोग गरौं । मण्डलीलाई बलियो बनाऔं । प्रभुलाई महिमा दिऔं । नेइम जोरपााटी मण्डलीले एउटा निर्दिष्ट उद्देश्य लिएर स्वस्थ्य मण्डली र प्रशस्त अगुवाहरू तयार गर्ने मण्डली र प्रशस्त स्वयंसेवकहरूले सेवा गर्ने मण्डली तयार गर्दै जानको लागि (More Church, More Leaders, More Ministry) “धेरै मण्डली, धेरै अगुवा, धेरै सेवकाइ” को अवधारणालाई आत्मसात गरेर अघि बढ्दैछौं । प्रभुको सेवा गर्नु संसारको सबैभन्दा उत्तम कुरा हो र एकदिन प्रभुले स्यावासी दिनुनै हुनेछ । त्यसकारण हामी सबै प्रभुको इच्छाअनुसार उहाँको दुलहीलाई सिंगार्दै उत्साहित भएर उहाँको सेवाको काम गरौं ।

अन्तमा, हामी हाम्रो मण्डली कस्तो मण्डली भन्ने प्रश्नमा हामीले कसरी अभ्यास गरि राखेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रभुले हामीलाई उहाँको मण्डलीलाई प्रेम गर्दै, उहाँको काम सेवकाई इमान्दारीसँग गर्दै प्रभुको महिमा गरौं । प्रभुले हजुरहरू सबैलाई आशिष देउन । हामी सबैमाथि परमेश्वरको कृपालु हात रहोस् ।
Shopping Cart