“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।” किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्नुहुने मानिसचाँहि स्वीकार गरिनेछ ।
विश्वबाट “म” लाई मारौं । के सम्भव छ ? “म” सँग धेरै नाता जोडिएको छ । “म प्रेरित हुँ,” “म अगमवक्ता हुँ,” “म पास्टर हुँ,” यस्तै–यस्तै “म हुँ” भन्ने दाबीहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ति पाउँछौं । के हामी आफ्नो तारिफ आफै गर्ने हो ? वा आफ्नो सिफारिस आफैले गर्ने ? के यो परमेश्वरद्वारा र आदरणीय व्यक्तिबाट हुनुपर्ने होइन र ? कोरिन्थीको मण्डलीमा पावलले झेल्नुपरेको चुनौती पनि यी नै थिए । आऔं हामीसँगै बसेर ती चुनौती नियालौं ।
कोरिन्थ शहर
पहिलो शताब्दी, एथेन्सदेखि ५० माईल पश्चिममा रोमी साम्राज्यको अखैया प्रान्तमा कोरिन्थ शहर थियो । उक्त शहर व्यभिचार, ध्रूर्त व्यापार केन्द्र र मूर्तिपूजाले भ्रष्ट थियो । जहाँ Aphrodite देवी (प्रेम र सुन्दरताकी देवी) को पूजा हुन्थ्यो । त्यस मन्दिरमा एक हजार जना देह व्यापार गर्ने स्त्रीहरु र शहरको केन्द्रमा भएकोले Acrocorinth नामले प्रख्यात थियो । हाल यो शहर दक्षिण ग्रीसमा पर्छ ।
त्यस ठाउँमा १८ महिना अथक परिश्रम गरी कोरिन्थको मण्डली पावलको दोस्रो मिसन प्रचार यात्रा गर्दा स्थापना भएको थियो । Aquila र Priscilla द्वारा सुसमाचार सुनेर पावलपछि Apollos ले कोरिन्थीको मण्डलीको जिम्मा पाएका थिए (प्रेरित १८; १ कोरिन्थी १ः १२) । ३ वर्षपछि क्लोएका (१ः ११) परिवारले मण्डलीमा भएका अनुचित व्यवहार, खराब समाचार र गलत शिक्षाबाट ठीक शिक्षामा फर्काउनको लागि एफिससबाट पावलले यो पत्र लेखेको पाउँछौं ।
कोरिन्थीमा भएका घटनाः
कोरिन्थीको मण्डलीमा भएको समस्या सुने पश्चात् पावल कोरिन्थमा भेट गर्न गए (२ कोरिन्थी २ः १) । उक्त मण्डलीमा ५ वटा समस्या देखियो । ती यस प्रकार रहेका छन् ।
पहिलो, अगुवाप्रति असन्तुष्टि, अगुवा बीच झगडा । तिमीहरु कसैले, “म पावलको,” कसैले, “म अपोल्लोसको,” कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे (१ः १२) । मण्डली लोकप्रियता कमाउन प्रतिस्पर्धा गर्ने रणभूमि होइन । आफैलाई मन पर्ने अगुवासँग गुठबन्दी गर्ने स्थान पनि होइन । लोकप्रियता, गुठबन्दी र मनोमालिन्य बढ्दै गएमा विश्वासीहरुको अगुवाप्रति वितृष्णा पैदा हुन्छ । यसले मण्डलीलाई ख्रीष्टको शिक्षादेखि विपरित लैजान्छ ।
दोस्रो, मण्डलीमा व्यभिचारको पाप । यो विषय गौण रहनुपर्छ । तर कोरिन्थीको मण्डलीमा यौन दुराचारीहरु प्रसस्त भएको पाउँछौ (५ः १) । यसले मण्डलीमा आत्मिक र शारीरिक वातावरण धमिल्याउँछ । किनकि हाम्रो शरीर हाम्रो मर्जिअनुसार प्रयोग गर्न मिल्दैन यो त परमेश्वर बास गर्ने मन्दिर हो । येशूका चेलाहरु यौनमा इमान्दार हुनुपर्छ ।
तेस्रो, खानेकुरा र प्रेरितिय सेवकको अख्तियार । कोरिन्थीको विश्वासी र स्थानिय ग्रीक र रोमी मन्दिरमा चढाएको पशु बलिको मासु खाने कि नखाने भन्ने विवाद रहेको पाउँछौं (८ अध्याय) । मुख्य विषय खानेकुरा होइन, विषय शुद्ध विवेक हो । यदि हाम्रो विश्वासलाई ढलमलाउने कुनै पनि खानेकुरा हामी सेवन गर्छौं भने नखानु असल हो । वा कमजोर विश्वास भएका भाइ/बहिनीको खातिर त्यस्ता खानेकुरा त्याग्नु उत्तम हो । पावलले पाल बनाउने काम गर्थे । त्यसकारण कोरिन्थीका केही मानिसहरुले उनको प्रचार शिक्षा र अधिकारमा विरोध गरेका पाउँछौं (९ अध्याय) । फलस्वरुप कोरिन्थीको मण्डलीमा पावलको प्रेरितिय सेवामा दुई वटा मत भएका मानिसहरु थिए ।
चौथौं, संगतिमा भाँडभैलो । सुव्यवस्थित संगतिको खाँचो देखिन्छ । अगुवाहरुको हालिमुहाली र विश्वासीहरुको मनोमानी भएको देखिन्छ । सबै सेवाहरु (शिक्षक, प्रशासक, सेवक, अगमवक्ता र प्रेरित) सबै परमेश्वरको आत्माद्वारा एकीकृत भई परमेश्वरद्वारा के बोल्दै र गर्दै हुनुहुन्छ भनी नियन्त्रणमा हुनदिनु अलावा मानिसको लापर्वाही भएको पाउँछौं । हाम्रो संगतिमा नयाँ व्यक्तिको उपस्थिति हुन्छ । नयाँहरुलाई परमेश्वरको प्रेम र ख्रीष्टको सुसमाचार प्रचारिनुपर्छ । यद्यपि नयाँलाई अलमल हुने गरी विवाद प्रदर्शन हुनुहुँदैन ।
पाँचौं, येशू ख्रीष्टको पुनरुत्थान बारे गलत शिक्षा । येशूको पुनरुत्थानले विश्वासीहरुको जीवनमा कुनै असर पार्दैन भन्ने झुटा शिक्षकहरुको प्रभाव भएको पाउँछौं । तर सुसमाचार प्रचारमा येशूको जन्म, मृत्यु र पुनरुत्थान अनिवार्य समावेश हुनुपर्छ । किनभने येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान नहुनुभएको भए येशूको मृत्यु व्यर्थ हो । व्यर्थ हो भने, मानिस पापमा नै मर्छ ।
तेस्रो पत्रको तयारी दोस्रो पत्रको अवस्था
यद्यपि पावलले कोरिन्थीको मण्डलीमा भएका अगुवा बीचको झगडा, यौन दुराचारी, खानेकुरा, प्रेरितिय अख्तियार, संगतिको भाँडभैलो र येशू ख्रीष्टको पुनरुत्थानको विषयमा आँव्रmोससहित पहिलो पत्र लेखेका थिए । तत्पश्चात् कोरिन्थीको मण्डलीलाई भेट्न गए (२ कोरिन्थी २ः ३–४, ७ः ८–१२) र पावलको यो प्रतिक्रिया(भेटघाट) ले कोरिन्थमा भएका प्राय विश्वासीहरु अझ अहंकारी भएको बोध गरे । त्यसकारण पावलले दोस्रो पत्र कोरन्थीहरुलाई एउटा कडा चेतावनीको साथ चिठी लेखेर सहयोगी तीतसको हातद्धारा कोरिन्थमा पठाएका थिए तर यो चिठीलाई तिनीहरुले स्वीकार गरेनन् । यो पत्र हराएको छ र यसको कुनै प्रतिलिपी पनि छैन । तर पछिबाट फेरि कोरिन्थका विश्वासीहरु क्षमायाचना र मेलमिलापको ह्दय भएको र आफ्ना गल्तीहरु स्वीकार गरेर पश्चताप गरेका छन् भन्ने खबर पावलले तीतसबाट थाहा पाए र यो खुसीको खबर सुनेर पावलले तेस्रो पटक एउटा पत्र कोरिन्थहरुलाई लेखे जुन अहिले कोरिन्थहरुलाई पावलको दोस्रो पत्र भनिन्छ ।
उक्त पत्रमा, पावल आफैलाई मूर्ख व्यक्तिको रुपमा प्रस्तुत गरेका छन् (२ कोरिन्थी १२ः ११) । वास्तवमा म आफैले आफ्नो तारिफ गर्नुभन्दा परमेश्वरबाट तारिफ गर्नु उचित हुन्छ । ग्रीक भाषामा Syn + istemi संयुक्त क्रियापद जुन हालको दोस्रो कोरिन्थीको पुस्तकमा प्रयोग भएको छ । दोस्रो कोरिन्थीको पुस्तकमा पावलद्वारा Synistemi (Commend) क्रियापद मुख्यरुपमा प्रयोग गरिलेखिएको छ । Syn + istemi, भन्नाले “to command, hold together” अर्थात together + to stand or formed; वा demonstrate; अर्थात दोस्रो व्यक्तिबाट तारिफ गर्नु, सिफारिस गर्नु, वा एकै हुनु, एकतामा रहनु भन्ने अर्थ बुझाउँदछ ।
दोस्रो पत्रमा प्रार्थनासाथ पावलले परमेश्वरलाई धन्यवाद दिए । पावल पाल बुन्ने दैनिक ज्यालादारी गर्ने भएकोले कोरिन्थमा गरेको प्रचार अस्वीकार र अधिकार प्राप्त गरेन । यसले कोरिन्थीको मण्डलीको विश्वास जीर्ण भएको चित्रण गर्दछ । पावलको आफ्नो अख्तियारको विषयमा भनेका छन्– तिमीहरु नै मेरो सिफारिस हौं जो परमेश्वरको आत्माबाट लेखिएको छ र हाम्रो योग्यता परमेश्वरबाट आउँछ (३ः २–४) । शिनै पर्वतमा इस्राएलीहरु बीच व्यवस्थाबाट आएको महिमाको तेज विस्तारै हराउँदै गयो । तर नयाँ करारमा ख्रीष्टबाट आएको तेज जसले मानिसहरुलाई महिमित, अनन्त र परिवर्तन हुन निरन्तर प्रभावकारी छ ।
क्रूसको घटनाले हामीलाई परमेश्वर उद्धारकर्ता हुनुहुन्छ । जो येशू ख्रीष्टद्वारा सारा मानिसको पापको सट्टामा क्रूसमा बलिदान हुनुभयो । ख्रीष्ट येशूले आफैलाई त्यागेर पापीलाई प्रेम प्रकट गर्नुभयो । जसरी पावलले आफ्नो जीवनद्वारा नम्रतामा कष्टभोग गर्दै गरिबीद्वारा ख्रीष्टको चरित्रसँग जिउने नयाँ तरिका कोरिन्थमा प्रदर्शन गरेका थिए ।
वास्तवमा यरुशलेममा भएका यहूदी ख्रीष्टियनहरु अनिकालको कारण भोकमरीमा परेका थिए । जसलाई सहायता गर्न पावलद्वारा शुरु भएका अन्यजाति मण्डलीहरुबाट आर्थिक राहत संकलन गरिरहेका थिए (रोमी १५ः २३–३३ र १ कोरिन्थी १६ः१–३) । तर कोरिन्थीको मण्डलीमा रकम संकलन गरिएन किनकि तिनीहरु यहूदी विश्वासी थिए । यहूदी र गैरयहूदी विश्वासी बीच भएको तनाब मिलाउन पावलले भने “किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरुलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरुका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरु धनी हुन सक” (८ः ९) । उक्त पद अनुसार हाम्रो जीवन उद्धारपाएको अरुको हित र मेलमिलाप गर्ने व्यक्तिको रुपमा तारिफ गरिनुपर्छ ।
पावलद्वारा प्रेरितिय अख्तियार दाबी
कोरिन्थमा भएका प्रभावकारी प्रेरितहरु, अगुवाहरुसँग साँचिकै तुलना गर्ने हो भने पावल आफै एक फरिसी (पावल आफैले सम्पूर्ण धर्मशास्त्र कण्ठ गरेका थिए) । पुनरुत्थान हुनभएको येशूसँग प्रत्यक्ष भेटेका थिए (प्रेरित ९) । साथै येशूको स्वर्गीय सिंहासनको दर्शन पाएका (१२ : १–४) थिए । आफ्नो सम्पूर्ण जीवन येशूको सुसमाचार प्रचार गर्न अर्पण गरेका र कहिल्यै मण्डलीसँग व्यक्तिगत खर्च मागेका थिएन । यी सबै थोक पावल आफैले गरेता पनि आफ्नो तारिफ कहिल्यै गरेन । तर आफ्नो कमजोरी देखाउने कुराहरुमा गर्व गरे (११: ३० )। किनकि येशूले भन्नुभयो, पावल, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बतामा नै सिद्ध हुन्छ” (२ कोरिन्थी १२ : ९) । “तिमीहरु विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर । आफैलाई जाँच । जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरुमा हुनुहुन्छ भन्ने तिमीहरुलाई थाहा हुनुपर्ने हो !” २ कोरिन्थी १३: ५ ।
अन्त्यमा, हामी के विचार गर्दैछौं ? के गर्ने कोसिस गर्दै छौं ? कतै मेरो इच्छाअनुसार आफैलाई उचाल्ने शरीर पो स्थापना गर्दैछौं कि ? आफ्नै ज्ञान, शीप र अहमद्वारा राज्य खडा गर्ने कोसिस गर्दैछौं भने इतिहास साक्षी छ ती सबै व्यर्थ भए । Synistemi दुई वटा मुल ग्रीक शब्दमा Asynkritos (Incomparable) (अद्धितीय, अतुलनीय, अनुपम विद्रोह) र Akatastasia -Disorder (अस्तव्यस्त पार्नु, गोलमाल गराउनु), Rebellion (आज्ञाको उल्लङ्घन), Riot (शान्ति भङ्ग गर्नु, उधुम मच्चाउनु) क्रियासँग जोडिएको पाउँछौ ।
त्यसकारण हामीले आफ्नो तारिफ आफै गर्नु हुँदैन । वास्तवमा म आफैले आफ्नो तारिफ गर्नुभन्दा परमेश्वरबाट तारिफ गर्नु उचित हुन्छ । मेरो तारिफ गर्नको लागि आफ्नो मन मिल्ने झुण्ड खडा गर्नु हुँदैन। तर झुण्डमा मिलेर रहनु, दंगा, विरोध गर्नु हुँदैन । जहाँ हामीले व्यक्तिगत इच्छाहरुको आहुति दिनुपर्छ । जसरी पावलद्वारा “किंक्रियामा भएको मण्डलीकी धर्म–सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरुको समक्ष गर्दछु” रोमी १६ : १ पदमा गरेझै हाम्रो तारिफ पावलजस्ता बाइबलीय चरित्र भएका पात्रबाट गरिनु पर्छ । र हामी जिम्मेवार स्थानमा पुग्न, उपहारसहित मानसम्मान पाउन वा कार्य क्षेत्रमा बडवा पदमा पुग्न कडा मेहनत योग्यता प्राप्त गर्नु आश्वयक छ ।
हामीसँग जे जस्तो पहाडका समस्या छन्, के येशूमा ती सबै समुद्रमा गएर मिल्न सक्दैनन् र ? “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” रोमी ५ : ८। “उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्” कलस्सी १ : १७ । तसर्थ पावलले भनेझै, “यसकारण ख्रीष्टको खातिर दुर्बलताहरुमा, बद्नामीहरुमा, कठिनाइहरुमा, सतावटहरुमा आपद्हरुमा म सन्तुष्ट रहन्छु । किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु (२ को. १२ : १०) ।” हाम्रो तारिफ केवल परमेश्वरले मात्र गरुन् । उदाहरण अय्यूबको तारिफ परमेश्वरले गर्नुभयो । आमेन ।।
—एल्डर राज गुरुङ्ग
नोटः प्रेरित १८ अध्याय ; प्रेरित१८ : १–११; प्रेरित १८ : २४–२८; २ कोरिन्थी १०ः १७ र १८; २ कोरिन्थी ११ : १ – १२ : १०; २ कोरिन्थी ३ : १; २ कोरिन्थी ५ : १२; २ कोरिन्थी १० : १२, १८; २ कोरिन्थी १२ : १० । यी खण्डहरु अध्याय गर्नु लाभदायी हुनेछ । धन्यवाद ।