Mission Jorpati

सितलपुर संगतिमा नयाँ आत्मा थपियो ।

नेइम जोरपाटी चाँगु चर्च अन्तरगत सितलपुर, ओखलढुङ्गामा एउटा झुण्ड फैलिएको छ । त्यहाँ हरेक आइतबार विहान १० बजे आराधना सेवा संचालन भइराखेको छ । उमेर पुगेका र पानीको बप्तिस्मा लिनुभएका ८ जना, बाल तथा जवानहरु ४ जना आ–आफ्नो संगति भेला भई संगति गर्ने गरेका छन् । काठमाडौंबाट एल्डर राज गुरुङ्ग फागुन १०, २०८१ शनिबार ओखलढुङ्गा तर्फप्रस्थान भयो ।

सितलपुर संगतिका विश्वासीहरुलाई नयाँ करारको पुस्तक हिब्रूको पुस्तकबाट येशू ख्रीष्ट, पूजाहारी, अगमवक्त र न्यायकर्ता भन्दा ठूलो हुनुहुन्छ भनी शिक्षा दिइयो । जसमा सम्पूर्ण मण्डली परिवार सहभागी भएका थिए । मण्डलीमा भेला भएर संगति गर्ने र बाइबल धर्मशास्त्रबाट सिक्ने समय निकै आशिष्मय भयो ।
११ गते आइतबार आराधना सेवा भयो । पोहर साल मण्डली आउँन थालेका १ जोडी श्रीमान् श्रीमती (भुजेल परिवार) र त्यसै मण्डलीका विश्वासीका जवान छोरीहरु २ जना (एट्ना र युनिसा) गरी जम्मा ४ जनाले पानीको बप्तिस्मा लिनुभयो ।



फागुन १२ गते तदानुसार फेब्रूवरी २४ तारिख बेलुका १ जोडी श्रीमान् श्रीमती (तमर र मन कुमारी)ले प्रभु येशू ख्रीष्ट व्यक्तिगत उद्धारकर्ता र प्रभु हुनुहुन्छ भनी ग्रहण गर्नुभयो ।
सार्वजनिक साधनमा यात्रा गर्दाको र्बिसन नसकिने सम्झना र कठिन यात्रामा परमेश्वरबाटको सहायता र सुरुक्षासाथ ख्रीष्टमा थपिएका नयाँ परिवार दिनुभएकोमा परमेश्वर धन्यवादको पात्र हुनुहुन्छ ।






मिसन रिपोर्ट एल्डर राज गुरुङ्ग, फागुन १६, २०८१ २८ फेब्रूवरी २०२५, काठमाडौं, डाँछी ।

A new soul was added to the Sitalpur Sangati.

A herd has spread in Sitalpur, Okhaldhunga under Neim Jorpati Changu Church. The worship service is being conducted every Sunday at 10 am. Eight people who are old and have been baptized with water, four children and young people gather together in their own fellowship. From Kathmandu, Elder Raj Gurung left for Okhaldhunga on Saturday.
Believers of the Sitalpur Fellowship were taught in the Book of New Testament Hebrews that Jesus Christ is greater than the priest, the prophet, and the judge. In which the entire congregation family participated. It was a wonderful time to gather in the congregation and fellowship and learn from the Bible Scriptures.The worship service was held on Sunday. A couple of husbands and wives (Bhujel family) who started coming to the church last year and two young daughters of believers in the same congregation (Etna and Unisa) were baptized with water.
Accordingly, on the evening of February 24, a couple of husband and wife (Tamar and Man kumari) accepted that the Lord Jesus Christ is the personal Savior and Lord.God is thankful for giving us new families who have been added to Christ with god’s help and initiation on the difficult journey and the unsustainable memories of traveling in public transport.

Mission Report Elder Raj Gurung, Fhagun16, 2081 28 February 2025, Kathmandu, Danchi.










































YouThe Mission of God works in various ways. So many times we cannot even sense how exactly God operates with our minds.   He certainly knows the right thing at a right time.  Mission in itself is a Journey. A journey where we can meet so many perspectives with versatile personalities. So it needs lots of strategies, plans, and acknowledgements in order to fight against the challenges as well as to fulfil or complete the purposes of a   Mission. While performing the tasks of a Mission, we cannot ignore that it is indeed commanded by Jesus Christ himself.  Mark 16: 15 says, He said to them, “Go into all the world and preach the gospel to all nations.” & Luke 10: 2 says  “The harvest is plentiful, but the workers are few.” We are being commanded to work on the harvest field of our Lord. Let us continue joining our hands-on prayers for the timely harvesting.
मिती २०७९-०२-३० सोमबारको यात्रा तय गरी करिब बिहानको ८ बजे तिर डाँछि नेईम जोरपाटि चर्चमा भेला भई नुवाकोट, दुप्चेसोर गाउँपालीका वार्ड न. २ बेप्चो नामक गाउँ जुन श्री जय बहादुर तामाङ्गको घर हो र जहाँ २ व्यक्तिहरुबाट प्रभुमा बप्तिस्मा लिने भएकोले सोही उद्देश्य परिपुर्तिका लागि त्यहाँ जाने निर्णय मिशनबाट भएको हुँदा यात्राको लागि निस्कियौँ ।
एल्डर श्री जमान घ्लान, एल्डर श्री राज गुरुङ्ग, डिकनेस श्री कल्पना तामाङ्ग र श्री चित्र बहादुर खड्का गरी २ वटा मोटर साइकलमा सवार थियौँ । वर्षातको समय भएकोले कतै पानी परेर बिजोग पो हुने हो कि अथवा बाटो बिग्रेर समस्या पो हुने हो कि भन्ने किसिमको डर मनमा आइराखेको भएता पनि मण्डलीको प्राथना र प्रभुको अनुग्रहमा सबै कुरा सम्भव छ भन्दै हामी यात्रा तिर होमियौ । यसरी गाह्राे सजिलो गरेर जादैँ गर्ने क्रममा राउत बेसि भनिने ठाउँमा पुग्यौँ र एकजना वृद्व व्यक्ति त्यहाँ बसिरहनुभएको भेट्टायौँ अनि उहाँलाई सुसमाचार सुनाएर हामीले आफ्नो यात्रालाई निरन्तरता दियौँ ।


राउत बेसी भनिने ठाउँमा सुुसमाचार प्रचार गरिरहेको अवस्था
बाटो गाह्रो–गाह्रो जस्तो नै थियो अनि मसेरी भन्ने ठाउँमा पुगेर उकालो लाग्ने क्रममा बाटो एकदमै बिग्रको कारणले गर्दा माथि गाउँमा जान सक्ने अवस्था थिएन । त्यसैले हामीले जय बहादुर तामाङ्गलाई कोदालो लिएर आउन आग्रह गर्यौँ र बाटो मिलाउँदै बाइकलाई पछाडि बाट ठेल्दै उकालो लाग्यौँ ।


मसेरीबाट उकालो लाग्ने क्रममा



बप्तिष्मा दिने क्रममा

जसो–तसो हामी हाम्रो गन्तव्य स्थानमा पुग्यौँ र मिठो भेटघाटसँगै बेलुकाको सङगति गरेर आ–आफ्नो ओछ्यानमा लाग्यौँ । भोली पल्ट बिहान श्री जय बहादुर तामाङ्गको आमा बुबा दुबै जनालाई बप्तिष्माको कक्षा लिएर प्रश्न–उत्तर तथा प्राथनाको साथ तयार गरीयो र नजिकैको खोलामा लगेर उहाँहरु दुबै जनालाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा एल्डर श्री जमान घ्लान र एल्डर श्री राज गुरुङ्गबाट पानीको बप्तिष्मा दिइयो । यसरी प्रभुमा दुई आत्माहरु थपिएको र बाँचेको कारणले हामी एकदम हर्षित र उल्लासित भएर प्रभुको महिमा गर्यौँ ।
त्यसपछि हामीले त्यो गाउँमा रहेर सु–समाचारहरु सुनाउने काम पनि गर्यौँ । एल्डर श्री जमान घ्लानले तामाङ्ग भाषामा पनि सुसमाचारहरु सुनाउने काम गर्नु भयो । अनि भोलीपल्ट बिहान असार १ गते बुधबारको दिन फेरी आउने वाचाका साथ हामी काठमाडौँ फर्किनका लागि त्यहाँबाट बिदा भयौँ । फर्किने क्रममा पनि हामीले केही दिदीबहिनीहरु तथा दाजुभाइहरुलाई सु–समाचार सुनाउने मौका पनि पायौँ र सुरक्षित साथ आ–आफ्नो वासस्थानमा पुग्न सफल भयौँ ।
साच्चै नुवाकोट बेप्चोको यो मिशन यात्राले एउटा नयाँ हौसला दिएको छ, एउटा बलियो साक्षी तथा गतिलो उदाहरण बन्नलाई सहायता पुर्याएको छ । मण्डलीको प्राथना र परमेश्वरको सधैँ भरिको सित्तैको अनुग्रहले नुवाकोट जस्ता थुप्रै ठाउँहरुमा येशु ख्रिष्टको असल सुसमाचार र कार्यहरु फैलिराखेको छ । अझै धेरै प्राथना र साथ सहयोगको खाँचो त निरन्तर आवश्यक छ नै कारण नेपाल देशको कुना–कुनामा उहाँको राज्य विस्तार गर्नु पर्ने जिम्मेवारी आज हामी हरेकको काँधमा आएको छ ।
– प्रभुकाे सेवामा चित्र खड्का

For all have sinned and fall short of the glory of God. – Romans 3:23
Everyone is guilty before God. We are spiritually poor. We must accept that Christ is our redeemer and only his blood can forgive our sins. As it is written he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life. ‘John 3: 16’. Paul was proud to take this message to the world. He suffered and died for this message. We must think about continuing God’s work and bringing the gospel to those who haven’t heard it yet.

Fellowship Begins in Meghouli, Chitwan संगति शुरु मेघौली, चित्तवन

Worship Fellowship Begins in Meghouli, Chitwan
The Church is a growing quality. Whose DNA is Christ Jesus himself. As we spread the NIM Jorpati Church, Now, we began worship fellowship in collaboration with the faithful who were baptized and lives in Meghouli. There are currently 15-20 people joining the fellowship. Elders Jaman Ghlan and Raj Gurung had gone to start and manage the fellowship. This journey was record on 24-26 June, in the year of Lord 2022.

NIM Meghauli Fellowship, Telauli

आराधना संगति शुरु मेघौली, चित्तवन
वृद्धि हुँदैजाने गुण मण्डलीको हो । जसको डिएनए ख्रीष्ट येशू स्वयं हुनुहुन्छ । हामी नेइम जोरपाटी चर्च फैलिदै वृद्धिहुँदै भरतपुर महा-नगरपालीका-२७ मेघौली, तेलौलीमा बप्तिस्मा लिनूभएका विश्वासीबीच सहकार्य गरी आराधना संगति शुरुभयो । उक्त संगतिमा १५-२० जना संगतिमा सहभागी भइरहनुभएको छ । एल्डरद्धय जमान घ्लान र राज गुरुङ्ग उक्त संगति शुरुवात गर्न तथा व्यवस्थापन गर्न जानुभएको थियो । यात्रा २४-२६ जुनमा, प्रभु को वर्ष सन २०२२ मा रेकर्ड गरिएको थियो।

On Fellowship
Shopping Cart